
यही माघ ११ र १२ गते हेटौंडामा घरेलु उत्पादनको प्रवद्र्धन र प्रदर्शनीका साथै नृत्य प्रतियोगिता एंवम शैक्षिक मेला हुने भएको छ । हेटौंडा–१० नम्बर वडा कार्यालयको आयोजनामा हुने प्रदर्शनी मेलामा हेटोंडा नगरभित्र उत्पादित वस्तुहरु राखिने जनाइएको छ ।
२ माघमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष फुर्वादोर्जे लामाले हाम्रो वडाबाट सहित १९ वटै वडाबाट लिइएको तालिम र सीपलाई सदुपयोग गर्दै साना उद्योग तथा लघु उद्यमीहरुलाई स्थानीय उत्पादित वस्तुहरुलाई प्रवद्र्धन र उत्पादित वस्तुलाई बजारिकरणमा सहयोग पुगोस् भनेर मेलाको आयोजना गरिएको बताए । मेलामा जातीय भेषभुषा, कला संस्कृति पहिचान भल्कने गरि नृत्य प्रतियोगिता समेत राखिएको वडाध्यक्ष लामाले बताए ।
प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितीयलाई ३५ हजार, तृतीयलाई २० हजार र सान्त्वना वापत चार समूहलाई पाँचरपाँच हजार रुपैयाँ प्रदान गरिने उनले बताए । मेलामा एक सय वटा स्टल रहने र स्टल शुल्क लाग्ने छैन्, अध्यक्ष लामाले भने । मेलामा वडा १० का संस्थागत र सामूदायिक विद्यालयका शैक्षिक प्रदर्शनी समेत हुनेछ । मेलामा १० लाख खर्च हुने अनुमान रहेको वडाध्यक्ष लामाले बताए ।
दुईदिन सञ्चालन हुने मेलामा ३० हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा राखिएको उनले बताए । पत्रकार सम्मेलनमा वडा अध्यक्ष लामा सहित, कार्यपालिका सदस्य साधना श्रेष्ठ, वडा सदस्यहरु ईश्वर मैनाली, विमल लामा र गोमा सुनार, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, वडा सचिव रामप्रसाद तिमल्सिनालगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्