मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा वडा अध्यक्ष कप भेट्रान्स फुटबल सहित विविध खेलकुद हुने भएको छ । मञ्जुश्री संवत २८६१ (डुल) सर्पवर्ग ल्हो सोनाम ल्होछारको अवसरमा प्रतियोगिता हुन लागेको हो । इन्द्रसरोवरको २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा १६ माघदेखि ४ दिनसम्म खेलकुदका साथै साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ ।

खेलकुदका कार्यक्रमहरु अन्तर्गत भेट्रान्स फुटबल, महिला तथा पुरुष भलिबल र महिलातर्फ नै डोरी तान्ने खेल हुने वडा अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । सो प्रतियोगिताको अवसरमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।

खेलकुद प्रतियोगिता अन्तर्गत भेट्रान्स फुटबलमा प्रथम हुने टिमलाई नगद ४० हजार, दोस्रो हुनेलाई २० हजार, भलिबलतर्फ महिला तथा पुरुषको भिन्दाभिन्दै प्रतियोगितामा प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने समितिले जनाएको छ ।

त्यसैगरी डोरी तान्ने खेलतर्फ प्रथम हुनेले नगद २० हजार र दोस्रो हुनेले १० हजार पुरस्कार पाउने जनाइएको छ । सबै प्रतियोगिताका विजेता तथा उप विजेताहरुलाई नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने वडा कार्यालयले जनाएको छ । कार्यक्रममा उपस्थित हुनका लागि सम्पूर्णलाई आयोजकले अनुरोध गरेको छ ।

विश्व बहादुर लामा
lamabeesuu@gmail.com
थप जानकारी