नेकपा एमाले थाहानगर कमिटीले तीन महिने अभियान सुरु गरेको छ । हालै बसेको एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार एमाले थाहानगर कमिटिले ५ माघबाटै अभियान सुरु गरेको हो । ‘माघदेखि चैत्रसम्मका लागि तोकिएको तीन महिने अभियान थाहानगर कमिटीको ५ माघमा भएको पूर्ण बैठकले थाहामा सुरु गरेको छ’–अध्यक्ष सुरेन्द्रमान प्रधानले भने ।

नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले जनताको घरघरमा पुगेर समस्या बुझ्न आग्रह गरे । २०८४ मा तीनै तहमा एमालेलाई पहिलो शक्ति बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिए । जिल्ला कमिटी उपसचिव फुर्वा दोर्जे लामा, जिल्ला कमिटी सदस्यहरु शशीधर सुवेदी, बिमल कुमार ढकाल, हरि गोपाली, डम्बर लामा, सुनिता दोङ, हरि मगरलगायतको आतिथ्यता रहेको बैठकले विभिन्न ८ वटा प्रस्तावहरुमा निर्णय गरेको छ ।

बैठकले ३ महिने अभियानअन्तर्गत टोल तहसम्म कार्यक्रम लैजान माघ १३ गतेसम्म वडा कमिटीहरुको बैठक सम्पन्न गरिसक्ने निर्णय गरेको छ । वडा नम्बर २ र ३ को माघ ८ गते, वडा नम्बर ४ र ५ को माघ ९ गते, वडा नम्बर ६ र ७ को माघ १० गते, वडा नम्बर ८ र १० को माघ ११ गते, वडा नम्बर ११ र १२ को माघ १२ गते र वडा नम्बर १ र ९ को माघ १३ गते बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न जनसंगठनहरुको ईञ्चार्ज तोकेको छ । अनेमसंघको ईञ्चार्जमा रामदेवी गोपाली, राष्ट्रिय युवा संघमा सुजन गोले, नेपाल खेलकुद महासंघमा कृष्ण बलामी, नेपाल उत्पीडित जातीय मुक्ती समाजमा रमेश नेपाली, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा केदार विष्ट, भूमि अधिकार तथा श्रमिक संगठन, नेपालमा सुनिल खत्री, रिटर्नी फेडेरेसन नेपालमा विक्रम श्रेष्ठ र पवित्र गोपालीलाई अनेरास्ववियुको ईञ्चार्जको जिम्मेवारी तोकेको छ । यस अघि लक्ष्मण बर्तौलालाई अखिल नेपाल किसान महासंघको ईञ्चार्ज तोकिसकेको छ ।

नगर कमिटी बैठकले जनसंगठन समन्वय संयन्त्र थाहा नगरको संयोजकमा उपसचिव शान्ता रिमाललाई तोकेको छ । संयन्त्रको बैठक माघ १६ गतेलाई तोकेको छ । बैठकले पार्टी सदस्यता नवीकरण फागुन तेस्रो सातासम्म गरिसक्ने र प्रत्येक सदस्यबाट जनही एक सय रुपियाँका दरले पार्टी केन्द्रीय कार्यालय भवन निर्माण बापत सहयोग उठाउने निर्णय गरेको छ । ५ माघकै बैठकले माघ २३ गते पालिका दलको बैठक राख्ने निर्णय गरेको छ ।

पालिका प्रेस
थप जानकारी