मकवानपुर थाहा नगरपालिकाको प्रसिद्ध इन्द्राायणी माइको मन्दिरमा सिंहको प्रतिमा राखिएको छ । थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको सो मन्दिरमा थाहा नगरपालिका वडा नम्बर २ अंगारे निवासी माधव कार्की, दीपक कार्की, राजेन्द्र कार्की, रामहरि कार्कीलगायत सुतार कार्की समूह र कुशल शर्मा समेतले ५ माघ विहान ब्राम्हणबाट मन्त्रोच्चारण गरी विधिपूर्वक सिंहको प्रतिमा राखिएको हो ।
इन्द्रायणीको बहानको रुपमा मानिदै आएको सिंहको प्रतिमा दुई फिट उचाइको छ भने तौल १२० किलोग्राम रहेको छ । सो सिंहको प्रतिमा इन्द्रायणी माइको दायाँबायाँ राखिएको छ । सिंहको मूर्ति खरिद गरी प्रतिस्थापन गर्ने कार्की गम्भीर सिंह कार्कीका नातीहरु हुने भने जसीमन्त र शिवहरीका सन्तती हुन् ।
सामाजिक काममा अग्रसर कार्कीहरुले मन्दिरका लागि सिंहको प्रतिमा स्वतस्फूर्त रुपमा सहयोग गरेको बताएका छन् । उनीहरुले मन्दिर परिसरको पर्खालको भित्र वरीपरी पित्तल लेपनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
सिंहको प्रतिमा प्रतिस्थापन कार्यक्रममा इन्द्रायणी कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ तथा पदाअधिकारीहरुलगायतले सहयोगीहरुलाई स्वागत तथा सम्मान गरेका थिए । प्रतिमा सहयोगीहरु तथा भक्तजनहरुलाई पालुङका निरोज प्रधान तथा सविता प्रधानको परिवारले प्रसाद ग्रहण गराएका थिए । कार्यक्रममा स्थानीय भक्तजनहरुको समेत सहभागीता रहेको सो कार्यक्रममा पालुङ शहरका स्थानीयहरुले बाजागाजा समेत बजाएर सहयोगीहरुका सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्