
हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । ५ माघमा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाकी प्रमुख मिनाकुमारी लामाले ५ नम्वर वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ बालमैत्री वडा घोषणा गरिएको हो ।
४७ वटा सूचकमा शतप्रतिशत र ४ वा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गर्दै वडालार्य बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष सुशिल घिमिरेले जानकारी दिए । वडामा सामुदायिक र संस्थागत गरी ९ वटा विद्यालयहरु सञ्चालनमा छन् ।
घरधुरी सर्वेक्षण २०७९ अनुसार यस वडामा २ हजार २७५ घरधुरी रहेका छन्। यस वडामा कुल बालबालिका ३ हजार ७९८ जना रहेका छन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपाने, स्थानीय जनप्रतिनिधि, बाल सञ्जालमा आबद्ध बालबालिकालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्