स्वर्गीय मोहन श्रेष्ठ स्मृती ८ ‘ए’ साइड पालिकास्तरीय अन्तर वडा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी हेटौंडा–५ नम्वर वडाले चुमेको छ । ५ माघमा भएको फाइनल खेलमा हेटौंडा–१७ नम्वर वडालाई ३–० को गोल अन्तरले पराजित गर्दै हेटौंडा–५ ले तेस्रो संस्करणको उपाधी जित्न सफल भएको हो ।

खेलको पहिलो हाफमा ५ नम्वर वडाको तर्फबाट सुविन घिमिरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरी दोस्रो हाफमा उद्धव दुलालले व्यक्तिगत २ गोल गर्न सफल भए । लामसुरे खेलकुद विकास समिति हेटौंडा– ९ को आयोजनामा भएको प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख ११ हजार १ सय ११ र उपविजेता टिमलाई नगद ६५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेको थियो । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।

प्रतियोगितामा ५ नम्वर वडाका सुविन घिमिरे सर्वात्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता श्याम पौडेल, गोल रक्षक राजेश तामाङ र उत्कृष्ट प्रशिक्षक राजेश तामाङ घोषित भए भने ७ नम्वर वडाका महेश लामा उत्कृष्ट फरवार्ड घोषित भए । प्रतियोगितामा वडा नम्वर ५ ले वडा नम्वर ९ लाई र वडा नम्वर १७ ले वडा नम्वर ७ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा तेस्रो भएका वडा नम्वर ९ र वडा नम्वर ७ लाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।

आयोजकले स्वर्गीय मोहन श्रेष्ठका छोरी श्रद्धा श्रेष्ठलाई सम्मान गरेको थियो । लामसुरे खेलकुद बिकास समितिका संयोजक एवम् वडा सदस्य बिष्णु राना मगरको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष सुकराम केसी, हेटौंडा– ८ का वडाध्यक्ष राम थापा, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य विरेन्द्रकुमार लामालगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी