मकवानपुरको बागमती गाउँपालिकाको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । ६ माघमा बागमती गाउँपालिका गाउँकार्यपालिकाको आयोजनामा गाउँपालिका सभाहलमा समीक्षा भएको हो ।

गाउँपालिकाअन्तर्गतका सेवाप्रदायक शाखा र विभिन्न गैर सरकारी संस्थाले आ.व. २०८१/८२ मा गाउँपालिका भित्र सञ्चालन गर्दै आएको कार्यक्रमको समीक्षामा प्रगतिविवरण सार्वजनिक गरेका थिए । कार्यक्रममा शिक्षा तथा खेलकुद, कृषि तथा पशुपंछी, नापीशाखा, स्वास्थ्यशाखा, स्वरोजगारलगायत शाखाले प्रगति विवरण प्रस्तुत गरेका थिए । समीक्षा गोष्ठीमा बोल्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले सेवाग्राहीलाई सहज र र सरल ढंगबाट सेवाप्रदान गर्न कर्मचारीलाई आग्रह गरे । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य खड्कबहादुर पुलामी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीलगायतले बोलेका थिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष फडिन्द्र तिम्सिना, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य लगायतको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी