
हेटौँडाको दुई ठूला विद्यालय एकीकरण गरी मेगा विद्यालय सञ्चालनको प्रक्रियामा लैजानका लागि हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा कार्यदल गठन भएको छ । कार्यपालिका बैठकले ७ सदस्यीय कार्यदल गठन गरेको हो ।
भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माविलाई एकीकरण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले कार्यदल गठन गरेको हो । भुटनदेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष सिग्देल संयोजकत्वको कार्यदलको सहसंयोजकमा आधुनिक राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहमद समिम रहेका छन् । कार्यदलको सदस्य सचिवमा हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका हरिषचन्द्र सापकोटा, सदस्यहरुमा भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ, कार्यपालिका सदस्य जुना दाहाल र इश्वरी रसाइली रहेका छन् ।
कार्यदलको स्थायी आमन्त्रीत सदस्यमा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, विज्ञ सल्लाहकार कृष्ण प्रसाद धिताल र कानूनी शाखाका लक्ष्मण मैनाली रहेका छन् । कार्यदलले माघ मसान्तसम्ममा दुबै विद्यालयको भौतिक विवरण, शिक्षक, विद्यार्थी, कर्मचारी लगायत विवरण संकलन गरि प्रारम्भिक प्रतिवेदन बुझाउने कायदलका संयोजक सिग्देलले बताए । आउँदो बैशाखबाट मेगा विद्यालय सञ्चालन गर्ने गरी कार्यदल अघि बढेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्