मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ४ ले निः?शुल्क सीपमुलक तालिमका दागि दरखास्त खुलाएको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोग, वल्र्ड लिङ्क टेक्निकल ट्रेनिङ ई प्रा.लि.को प्राविधिक सहयोगमा वडाले निःशुल्क कुक तालिम गर्न लागेको वडाध्यक्ष सागर पाण्डेले जानकारी दिए ।
४ नम्बर वडाको सहकार्यमा १ सय ६० घण्टा अवधिको कुक बिषयको तालिम युवाहरुलाई लक्षित गरी संचालन गरिने अध्यक्ष पाण्डेले बताए । तालिम लिन इच्छुकहरुले माघ ८ गतेको मितिले ७ दिनभित्र वडामा निवेदन दिन सूचनामा भनिएको छ ।
हेर्नुहोस् सूचना
प्रतिक्रिया दिनुहोस्