
शु प्राविधिक नहुँदा जुम्लाको तिला गाउँपालिका-८ स्थित जुम्लाकोटको पशुसेवा केन्द्र बन्द भएको छ । उक्त पालिकाको वडा नं ८ र ९ भेडाबाख्रा पालन गर्ने क्षेत्र हो । पशुसेवा केन्द्र बन्द भएपछि यहाँका पशुपालक किसान सेवा लिनबाट वञ्चित भएको स्थानीय भेडापालक किसान नौसेर रावतले गुनासो गरे ।
तिला गाउँपालिका पशुसेवा शाखा प्रमुख सुपारीदेवी भट्टराईका अनुसार २०७६ सालमा प्राविधिक सहायक लक्ष्मण बुढ्थापा कर्मचारी समायोजन भएर सरुवा भएदेखि सो पदमा अन्य कुनै कर्मचारी पदपूर्ति नहुँदा समस्या भएको हो ।
विसं २०७६ देखि २०८० सम्म कार्यालय सहयोगीले सेवा केन्द्र खोल्दै आएका थिए । कार्यालय सहयोगी पनि सेवानिवृत्त भएपछिसेवा केन्द्र एक वर्षदेखि बन्द भएको हो । उक्त सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवामार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ ।
करारमा कार्यालय सहयोगी राख्न विज्ञापन गरिसकिएकाले आगामी फागुनदेखि कार्यालय सहयोगी भर्ना गरी सेवा केन्द्र खुलाइने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
प्रतिक्रिया दिनुहोस्