
जिल्ला समन्वय समिति काभ्रे देशमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारीमा जुटेको । जिल्ला समन्वय समिति काभ्रेले आयोजनामा गर्न लागेको युवा सम्मेलन आगामी चैत १४ गतेदेखि १८ गतेसम्म हुनेछ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले सम्मेलनको तयारी तीब्ररुपमा भइरहेको र चैत १४ गते काठमाडौं विश्वविद्यालय परिसरमा उद्घाटन हुने बताए । आज धुलिखेलमा आयोजित अन्तक्र्रिया कार्यक्रममा गौतमले उद्घाटन समारोहमा १ लाख भन्दा बढी मानिसको उपस्थिति रहने बताउदै कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीबाट उदघाटन गराउने तयारी रहेको बताए ।
सम्मेलनमा करिव ३ लाख युवाहरुले अवलोकन गर्ने अपेक्षा रहेको छ । सम्मेलनमा कन्र्सट, समुहगत छलफल तथा स्टलहरु रहनेछन् । २ सय भन्दा धेरै बक्ता र १० हजार डेलिगेट्सले समुहगत छलफलमा भाग लिनेछन् । ५० भन्दा धेरै इभेन्ट उक्त सम्मेलन अवधिमा आयोजना हुनेछ । सम्मेलनमा नेपालका ७ सय ५३ वटै स्थानीय तहको सहभागिता रहनेछ । यस्तै ७५ भन्दा बढी देशबाट सहभागी हुने तय भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्