
मकवानपुर प्रहरीले भरुवा बन्दुक सहित एकजना पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ हरियाली सामुदायिक वन क्षेत्रबाट बन्दुक बोकेर हिडिरहेका राक्सिराङ गाउँपालिका वडा नम्बर १ गडुवानका जितबहादुर थिङलाई पक्राउ गरेको हो ।
थिङको साथबाट फलामको बेरिङ ९ थान, फलाम जस्तो देखिने लाम्चो आकारको बस्तु ३३ थान, ३०५ ग्राम बारुद, र एकथान खुकुरी बरामद गरेको जनाएको छ । थिङलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्