गुन्द्रुकको व्यवसायीक उत्पादन हेटौंडामै थालिएको छ । गुन्द्रुकको उत्पादन र बजारीकरणका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को महिला कृषि समुहले काम थालेको हो । हेटौंडा उपमहानगरपालिका–१२ मा रहेको कञ्चनगंगा कृषि सहकारीसँग आवद्ध रहेको कृषि महिला समुहले उत्पादन गरेको गुन्द्रुकको अनुज्ञापत्र लिने तयारी थालिएको छ ।

कञ्चनगंगा कृषि समुहले अनुज्ञापत्रका लागि प्रकृया अघि बढाइ सकेको छ अब खाद्य परीक्षण शाखाबाट गुणस्तर मापन पश्चात बजारीकरणका लागि सहज हुने उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत सञ्चालन भएको गुन्द्रुक उत्पादन गर्ने कार्यको नियमित रुपमा प्राविधिकको निरीक्षण तथा अनुगमन सहित थालिएको छ । हेटौंडा १२ आपधाप, घलेगाउँमा स्थानिय २० जना महिलाहरुले समुह बनाएर कामलाई अघि बढाइरहेको शाखा प्रमुख पौडेलले बताए । अहिलेलाई १५ कठ्ठा क्षेत्रफलबाट साग खेतीबाट सुरु गरिएको गुन्द्रुक उत्पादनलाई निरन्तरता दिँदै २१ कठ्ठा सम्म साग लगाउँने लक्ष्य राखिएको समुहका अध्यक्ष चिनिमाया गुरुङले बताइन् ।

प्रयाप्त सिंचाईको अभाबका कारण बञ्जर रहेको जमिनमा सामान्य पानीको प्रयोगबाट साग लगाउँदै गुन्द्रकको उत्पादनमा लागेका छौं, उपमहानगरबाट तालिममा र उत्पादनपछि बजारीकरणमा सहयोगको प्रतिबद्धता भएसँगै हामि उत्पाददनमा जोडिएको उनले बताइन् । उत्पादन भएको केही गुन्द्रुक बिक्रीका लागि कुराहरु भएको छ । गुणस्तरीय बनाउँनका लागि प्राबिधीक आएर गाउँमै सिकाउने भएकाले बिस्तारै बजारीकरणमा समस्या हुदैन की भन्ने आश हामिमा रहेको अध्यक्ष गुरुङले बताइन् ।

नगरक्षेत्र भित्रै रहेर महिलाहरुले गरीरहेका कामको अनुगमन गर्न पुगेकी उपमहानगरपलिकाका नगर प्रमुख मीनाकुमारी लामाले बजारीकरण भन्दा पनि गुणस्तरमा ध्यान दिन आग्रह गरिन्् । विश्वका घेरै देशहरुले गुन्द्रुकको उत्पादन र बिक्री गर्दै आएका छन् हामिले बाह्य मुलुक हैन स्थानिय बजारमै आफ्नो उत्पादन बिक्री गर्न सके आर्थिक उपार्जनमा सहयोग पुग्ने उनको भनाई थियो ।

पालिका प्रेस
थप जानकारी