मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५ मा अवस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको दोस्रो चौमासिक समीक्षा तथा अन्तरक्रिया भएको छ ।

कार्यक्रम संस्थाको भवनमा भएको थियो । संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । समीक्षामा आवधिक बचतको व्याजदर विषय, ऐच्छिक बचतको न्यूनतम बचतको विषय, ऋणको किस्ता अवधि हेरफेर गर्ने विषय, सामूदायिक, विकास कोष परिचालन गर्ने विषय, भाखा नाघेका ऋण असुलीको विषय र आव २०८०÷८१ को वार्षिक योजना तथा बजेटलाई अनुमोदन गर्ने विषयमा छलफल गरिएको संस्थाका सूचना अधिकारी उमेश बस्नेतले बताए ।

कार्यक्रममा संस्थाका पदाधिकारी, लेखासमिति, ऋण उपसमितिलगायत अन्य उपसमितिका सदस्यको सहभागिता रहेको थियो । संस्थाले ०८१ असार मसान्तसम्म एक करोड ८७ लाख ६२ हजार पाँच सय शेयरपुँजी पु¥याउने लक्ष्य राखेको छ । सहकारीले असारसम्म १८ करोड ४१ लाख ६४ हजार १९८ रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए ।

पालिका प्रेस
थप जानकारी