बागमती प्रदेशमा आज मात्र मन्त्रीमा नियुक्त हुनु भएका नेकपा एमालेका विद्यार्थी राजनीति देखि मन्त्री सम्म पुग्नु भएको छ । बागमती प्रदेशमा शालिकराम जम्मकट्टेलको नेतृत्वमा बनेको सरकारमा श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।

हेटौंडा स्थायी घर भएका श्रेष्ठले मकवानपुरमा बिद्यालय स्तरको राजनीति सुरु गरेर मन्त्री सम्म बन्नु भएको हो । नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले जिल्लाको क्षेत्र नम्बर–१ को प्रदेशसभा (२) बाट चुवानमा विजयी हुनु भएको थियो ।

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा प्रदेशसभा तर्फबाट उम्मेदवार बन्नु भएका श्रेष्ठले नेपाली कांग्रेसका आनन्द पराजुलीलाई पराजित गर्दै सांसदमा विजयी हुनु भएको थियो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ चौकिटोलमा २०२७ साल साउन १७ गते जन्मनु भएका श्रेष्ठ बुबा–भिमलाल श्रेष्ठ र आमा चन्द्र कुमारी श्रेष्ठका छोरा हुनुहुन्छ । हेटौंडाको शिद्धार्थ माविमा पढदै गर्दा ०४४ साल देखिनै अनेरास्ववियुबाट बिद्यार्थि राजनीति सुरु गर्नुभयो । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, कोषध्यक्ष, उपाध्यक्ष हुँदै २०५२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष बन्नुभयो ।

२०४६ सालको आन्दोलनमा बिद्यार्थीको नेतृत्व गर्दै आन्दोलनमा होमिदा एक महिना जेल समेत पर्नुभयो । अनेरास्ववियुको अध्यक्षको हुदै दुइ कार्यकाल केन्द्रीय सदस्य, सचिवालय सदस्य, मध्यमाञ्चल प्रमुख समेत भएर काम गरेको २०५२ देखि २०५७ सम्म काम गर्नुभयो । २०४८ सालमा एमालेको पार्टी सदस्यता प्राप्त गर्नु भएका एकालाल श्रेष्ठ हेटौंडा १ न . वडाको पहिलो पार्टी सदस्य बन्नु भएको थियो । २०४९ साल हेटौंडा–१ वडा पार्टी कमिटीको पहिलो अध्यक्ष समेत उहाँ बन्नुभयो ।

२०५० सालमा नगर कमिटीको सदस्य हुदै उपसचिव भएर नेतृत्व गर्नुभएका उहाँ २०६१ सालमा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य भएको थियो । २०६२–०६३ को आन्दोलनमा सक्रिय रुपमा सहभागि हुँदै ठाउँठाउँको आन्दोलनको नेतृत्व गरेको र आन्दोलनको अगुवाइ गर्दा पटक–पटक प्रहरीद्वारा पक्राउ समेत परेको थियो ।

२०७२ सालमा एमाले मकवानपुरको सचिव हुँदै २०७७ साल पुसमा पार्टीको जिल्ला अध्यक्ष र २०७८ साल पुसमा जिल्ला अधिवेशनबाट एमाले मकवानपुरको अध्यक्षका रुपमा काम गर्दै आएको छ । उहाँ पार्टीमा मात्र होइन । संघसंस्थामा आवद्धतामा पनि आवद्ध हुनुहुन्छ । नेपाल बुद्धीचाल संघमा महासचिब हुँदै केन्द्रीय अध्यक्षका रुपमा काम गरेको अनुभव र खेलकुद क्षेत्रमा रास्ट्रिय अगुवाइ गर्नु भएको छ । अहिले यसियन चेस महासङ्घको सल्लाहकार हुनुहुन्छ ।

मकवानपुर जिल्ला निर्माण ब्यवशायिक संघको महासचिव भएर काम गरेको अनुभव पनि छ । मकवानपुर उद्योग बाणिज्य संघको सल्लाहकार भएर अगुवाइ गरेको, नमूना प्रगति सहकारीको उपाध्यक्ष रहेर काम गर्दै सहकारी अभियानमा जोडिएको हुनुहुन्छ । सामुदायिक बन उपभोक्ता समुहको अगुवाई गरेको अनुभव पनि उहाँसंग छ । चौकिटोलमा नव ज्योति पुस्तकालय स्थापना र संचालन देखि बिदेश भ्रमणको अनुभवमा श्रीलंका, नर्बे, अजर्बैजान , जर्जिया, युएइ, बंगलादेश र भारतको भ्रमण गर्नु भएको छ ।

पालिका प्रेस
थप जानकारी