नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ती समाज थाहानगर कमिटीको अध्यक्षमा अशोक खाती निर्विरोध निर्वाचित भएकाछन् । ३ चैत्रमा थाहानगरको होटल गंगामा आयोजित नगर अधिवेशनले खातीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी निर्विरोध निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सन्दिप सुनार, सहसचिवमा सुकमाया ल्वागुन र कोषाध्यक्षमा केदार परियार चयन हुनु भएको छ । कमिटीको सदस्यहरुमा सिताराम खाती, उर्मिला विश्वकर्मा, मिठु विश्वकर्मा, भक्ती परियार, सृजना रोक्का र रबि सुनार चयन भएका छन् । अधिवेशनको अवसरमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनीले दलितहरुको मुक्ती र उन्नतिका लागि एमाले सरकारको आवश्यकता रहेको बताए ।

गोबिन्द विश्वकर्माको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल उत्पीडित जातिय मुक्ती समाजका केन्द्रीय सदस्य नारायण रिजाल, कमल कुमार विश्वकर्मा, एमाले जिल्ला सदस्य तथा थाहानगर सह–इञ्चार्ज सुरेन्द्रमान प्रधान, एमाले नगर अध्यक्ष अचुतम प्रसाद ढकाल, मुक्ती समाज बागमती कमिटी सदस्य रमेश विश्वकर्मालगायतले दलित आन्दोलनले पारेको प्रभावको बारेमा बोलेका थिए ।

पालिका प्रेस
थप जानकारी