मकवानपुरको दुईसहित देशभरका ५२ वटा स्थानीय तहको प्रशासकीय भवन चालु आर्थिक वर्षमा एकसाथ बनिरहेका छन् । मकवानपुरको इन्द्रसरोवर र राक्सिराङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण भैरहेको हो । स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम संचालन कार्यविधि २०८० अनुसार ती भवनहरुका लागि संघीय सरकारले पालिकाअनुसार फरक फरक रकम बिनियोजन समेत गरेको छ ।

चालु आर्थिक वर्षमा सम्पन्न हुने गरी मकवानपुरका दुई पालिकाको भवन निर्माण भैरहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा राक्सिराङलाई ४० लाख र इन्द्रसरोवर गाउँपालिकालाई ३० लाख रुपियाँ बजेट ििवनियोजन भएको छ ।

शहरी विकास मन्त्रालय अन्तरगतको स्थानीय पूर्वाधार विभागले भवन बन्ने स्थानीय तहका लागि छुट्याइएको रकमसमेत निकासा गरिसकेको छ । जसमा अघिल्लो आर्थिक वर्षमा भवन बनाउन रकम पाउने निर्णय भएर यसवर्ष ठेक्का लागेका १० वटा पालिकासमेत समावेश गरेको बताएको छ । संघीय सरकारले यस चालु आर्थिक वर्षमा बन्ने भवनका लागि १५ अर्ब ३२ करोड रुपैयाँ बिनियोजन गरेकोे छ ।

अघिल्लो आर्थिक वर्षमा रकम माग गरेका तर चालु आर्थिक वर्षमा ठेक्का लागेका १० वटा स्थानीय तहका प्रशासनिक भवन निर्माणका लागि पनि १ अर्ब २० करोड रुपैयाँ निकासा भएको विभागले जनाएको छ । यसरी हेर्दा चालु आर्थिक वर्षमा संघीय सरकारले ५२ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणका लागि १६ अर्ब ५२ करोड रुपेयाँ निकासा गरेको छ ।

विभागका अनुसार भवन बनाउन एउटा पालिकाले १२ देखि ५० लाख रुपैयाँसम्म अनुदान पाएका छन् । विभागका अनुसार कोशी प्रदेशका १३ वटा, मधेशका ८ वटा, बागमतीका ५ वटा, गण्डकीका ३ वटा, लुम्बिनीका ७ वटा, कर्णालीका ९ वटा र सुदरपश्चिमका ७ वटा स्थानयि तह छन् ।

अघिल्लो आर्थिक वर्षमा रकम माग गरी यस वर्ष ठेक्का लगाएर रकम निकासा पाएका १० पालिका मध्ये कोशीका ५, मधेशको १, बागमतीका ३ र सुदूरपश्चिमको एउटा पालिका छ ।

हेनुहोस बजेटसहित