५ औं संस्करणको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ थाहा फिल्म फेस्टिबलमा देखाउने चलचित्र हो।  यो चलचित्रका लेखक-निर्देशक सुजित बिडारी हुन् ।

बुसानको मूख्य प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली चलचित्र हो यो । विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये एक हो, बुसान । सुजितको पहिलो फिचर फिल्म हो, ऐन झ्यालको पुतली । यसअघि उनले छोटो फिल्म ‘सावित्री’ निर्देशन गरेका थिए ।

चलचित्रको कथा एक ग्रामिण बालिकाको हो, जो शहरमा पढ्न चाहन्छिन् । बालिका १३ बर्षकी छे । उनको नाम विद्या । विद्यालाई शहरमा पढाउनका लागि ९ बर्षिय भाईले पनि सहयोग गरिरहेका छन् ।  तर, विद्याले शहरमा पढ्नका लागि जति प्रयास गर्छिन्, उत्तिनै अनेकन बाधा झेल्नुपर्ने अवस्था आइलाग्छ । यसलाई निर्देशकले ऐना झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेका छन् । निर्देशक सुजितले भनेका छन्, ‘यो हाम्रो देशका समग्र महिलाहरुको नियती पनि हो ।’

चलचित्रमा सिरु विष्ट, कन्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ लगायतले अभिनय गरेका छन् । आइसफल प्रोडक्सन र लोकल सिनेमाको संयुक्त व्यानरमा बनेको चलचित्र सावा करोड बजेटमा तयार भएको बताइन्छ । यसको छायांकन अमर महर्जन,  संगीत पुष्प संगम, सम्पादन किरण श्रेष्ठले गरेका हुन् ।

  • तेस्रो दिन ११ मंसिर
    ११ बजेदेखि १ बजेसम्म ऐना झ्यालको पुतली
    १ बजेदेखि ३ बजेसम्म सेनाको चेली, युद्धका बाछिटा, कलम
    ३ बजेपछि गुर्खा गर्ल, गड्स बफेलो, को–हज्ब्याण्ड
पालिका प्रेस
थप जानकारी