मनहरी गाउँपालिकाले पछिल्लो समय निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । वडाका विभिन्न स्थानमा पुगेर पशुपंक्षीको स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधी उपचारमा गाउँपालिकाले सेवा दिँदै आएको हो ।

आइतबार मनहरी गाउँपालिका–१ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा २ सय ६१ जना कृषकका २ हजार १ सय १० पशुपंक्षीलाई निःशुल्क सेवा प्रदान गरिएको पशु शाखा प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिए । वडा नम्बर ३ मा लम्पि स्किन फैलिएकोमा २ हजार ७ सय डोज खोपको व्यवस्था गरी उक्त महामारी निर्मुल पार्न सफल भएको उनको भनाइ छ ।

खोरेत रोगका कारण पनि गाइभैंसीको मृत्यु हुन थालेपछि गाउँपालिकाले १ सय ५५ गाईवस्तुको स्वाब परीक्षणका लागि पठाउँदा ४९ पशुहरुमा लक्षण देखिएको थियो । पालिकाले करिव १० हजार डोज खोरेत बिरुद्धको खोप गाइभैंसीलाई लगाएको प्रमुख भट्टराईको भनाइ छ ।

गाउँपालिकाले जेठ१४ गते वडा नम्बर २ को दोभानमा र १७ गते वडा नम्बर ८ को देवकोटमा शिविर सञ्चालन गर्ने भएको छ । वजेटले भ्याएसम्म सम्पूर्ण वडाहरुमा शिविर सञ्चालन गरिने पशु शाखाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी