मकवानपुरमा धितो मूल्यांकनकर्ताको रुपमा काम गरिरहका फर्महरुको साझा संस्था नेपाल भ्यालुअर्स एशोसिएसन (एनभीए) मकवानपुर च्याप्टरको प्रथम अधिवेशन तथा एकदिने कार्यशाला मकवानपुरको मार्खुमा १५ जेठमा भएको छ । एनभीए मकवानपुर च्याप्टरको तदर्थ समितिका अध्यक्ष सगुन श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रमको औपचारिकसत्रमा प्रमूख अतिथि एनभीए केन्द्रीय समिति अध्यक्ष ऋषि कोइराला रहेका थिए ।

कार्यक्रममा एनभीए कोशी प्रदेश अध्यक्ष आमोदराज आचार्य, आईभीएससी प्रशिक्षक सुशीलकुमार अमात्य, एनभीए चितवन च्याप्टर सदस्य कपिलप्रसाद अधिकारीले केन्द्रीय तथा क्षेत्रीयस्तरमा मूल्याकंनकर्ताको हकहित तथा समस्या समाधानको लागि निर्वाह गरेको भूमिकाबारे प्रकाश पारेका थिए । कार्यक्रममा मकवानपुर का पुराना मूल्यांकनकर्ता तथा हेटौंडा उपमहानगरका वरिष्ठ इन्जिनियर सत्यनारायण साहले मकवानपुरका मूल्यांकनकर्ताले भोग्नुपरेका दुविधा तथा नीतिगत समस्या राखेका थिए । कार्यक्रमको दोस्रोसत्रमा ती दुविधा तथा समस्याको समाधानका उपाय तथा मूल्यांकनका प्राविधिक अ िव्यवहारीक पाटोका बारेमा प्रशिक्षकद्वय अमात्य र आचार्यले सहजीकरण गरेका थिए ।

अधिवेशनले प्रथम कार्यकारिणी समितिको चयन गरेको छ । नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरिएको नवनिर्वाचित सचिव अनिल बानियाँले जानकारी दिए । कार्यसमिति अध्यक्षमा सगुन श्रेष्ठ, उपाध्यक्षमा रवि आचार्य, सचिवमा बानियाँ, कोषाध्यक्षमा अस्मिता श्रेष्ठ तथा सदस्यहरुमा असगर अन्सारी, कृष्ण अधिकारी, दिपेशसिंह भण्डारी, मनिष महर्जन र सौरभ सुवेदी रहेका छन् । एनभीए मकवानपुर च्याप्टरमा धितो मूल्यांकनकर्ताहरुको साझा संस्था तथा राष्ट्रियस्तरको संस्था एनभीए केन्द्रीय समितिको आधिकारीक जिल्ला संगठन भएको बताइएको छ ।

अबको एजेन्डा एनभीए बागमती प्रदेशको गठनमा हेटौंडा प्रदेश राजधानी भएकोले मकवानपुर च्याप्टरको भूमिका अग्रणी हुनुपर्ने तथा प्रादेशीक समितिको कार्यालय हेटौंडामा रहनुपर्नेमा केन्द्रीत रहने नवनिर्वाचित समितिका सदस्य सुवेदीले बताए ।

पालिका प्रेस
थप जानकारी