थाहा नगरस्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि आयोजक तमु ढुवानी सेवा ‘बी’ ले हात पारेको छ । तमु ढुवानी सेवा थाहा नगरपालिका वडा नम्बर ५ फुर्केको आयोजना भएको प्रतियोगितामा बज्रवाराही टिमलाई पछि पार्दै तमुले उपाधि चुमेको हो ।

थाहा नगरपालिका वडा नम्बर ५ फुर्के वसन्तको सौगात स्मृति भलिबल मैदानमा १८ र १९ जेठमा आयोजित प्रतियोगिताको विजेता तमु ढुवानीले खसी सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । दोस्रो भएको बज्रबाराहीले बोकासहित शिल्ड मेडल र प्रमाणपत्र तथा तेस्रो हुन सफल विनयबाबु स्मृति प्रतिष्ठानले २ वटा कुखुराको भाले सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

८ वटा टिम सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी आयोजक तमु ढुवानी सेवा ‘बी’ का पुजन गुरुङ घोषित भए । फुर्के वसन्त टोल विकास समितीका अध्यक्ष कमल बहादुर कार्कीको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा फुर्के आधारभुत स्वास्थ्य चौकीका प्रमुख चन्द्रमाया गुरुङ, वसन्त कृषि सहकारीका अध्यक्ष उमेश गुरुङ लगाएतका अतिथिहरुको आतिथ्यता रहेको थियो।

पालिका प्रेस
थप जानकारी