थाहा नगरपालिका ३ थाना बजारमा सञ्चालन भएको महिलाहरुका लागि ३ सय ९० घन्टे सिलाइ कटाइ प्रशिक्षणको समापन भएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको व्यवस्थापनमा भएको प्रशिक्षण तालिम २०८० को १५ चैतदेखि सुरु भएको तालिमको १८ जेठमा समापन गरिएको हो।

आवासीयसहितको प्रशिक्षणमा विभिन्न पालिका थाहा ,इन्द्रसरोबर, कैलाश तथा धादिङ र नुवाकोट जिल्लाको सहित १६ जना महिलाहरुको सहभागीता रहेको तालिमलाई प्रशिक्षक आरति श्रेष्ठले प्रशिक्षण दिए । १८ जेठमा तालिमको समापन गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले तालिमले स्वरोजगार बनाउन सहयोग हुने हुँदा प्रशिक्षार्थीहरुले नियमित रुपले सिकेको सिपलाइ व्यवहारमा उतारे मात्र प्रशिक्षणको प्रभावकारिता हुने बताउदै स्थानीय सरकारले उद्यमी बन्नको निम्ति हरकिसिमको सहयोग गर्न तत्पर रहेको बताए ।

समापन कार्यक्रममा प्रशिक्षण आयोजक मन्त्रालयका सचिव एवम् बिशिष्ट अतिथि राजेन्द्र कुमार केसीले महिलाहरुलाई सीपयुक्त नागरिक बनाउने उद्देश्य अनुरुप प्रदेशमै पहिलोपटक यति ठूलो तालिमको आयोजना गरिएको बताउदै महिलाहरुलाई आगामी दिनमा स्थानीय सरकार संगको साझेदारीमा प्रविधी हस्तान्तरण समेतका कार्यक्रम मार्फत स्वरोजगार बनाउन तत्पर रहेको उल्लेख गरे।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोविन्द सिग्देलको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, महासंघका कोषाध्यक्ष कविराज खत्री, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले शुभकामना मन्तव्य व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी