File Photo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आवधिक योजनालाई केन्द्रमा राखेर आर्थिक वर्ष २०८१/८२ को बजेट ल्र्याने बताएका छन् । बागमती प्रदेशको दोस्रो आवधिक योजना तर्जुमासम्बन्धी अन्तरक्रिया तथा प्रदेश विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले बहुवर्षीय आयोजनाहरुमा लगानी गर्ने बताउँदै भने ‘हाम्रो समस्या भनेको वर्षैचिच्छे योजना फेर्नु हो, योजना कार्यान्वयन गरेर प्रतिफल ल्याउनको लागि यसलाई फेर्नु हुँदैन’ प्रदेश सरकारले एउटै योजनामा ५ वर्ष काम गर्ने जानकारी दिए । महिलालाई उद्यमसँग जोड्दै उद्यमविकास गर्ने सरकारको लक्ष्य बमोजिम ३५ वटा पालिकामा गृहिणी महिला उद्यमशीलता कार्यक्रम लागु गरिएको उनले जनाए ।

त्यसैगरी १० वटा पालिकामा दलित लक्षित कार्यक्रम र ६ वटा पालिकामा चेपाङ चिउरी कार्यक्रम लागु गरिएको उनको भनाई छ । स्थानीय सरकारलाई प्राविधिक शिक्षा लागु गराउनको लागि नीति बनिसकेकोले त्यसतर्फ ध्यान दिन उनले सुझाए । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले १५ हजार युवालाई सीप सिकाएर आगामी वर्षलाई सीपवर्ष घोषणा गर्ने तयारी गरिरहेको जनाए ।

बागमती प्रदेश सरकारले दास्रो आवधिक योजनाको मस्यौदा पारित गरेको छ । सोमबार बसेको प्रदेश विकास परिषद्को बैठकले प्रदेश आवधिक योजना २०८१÷८१— २०८५/८६ लाई पारित गरेको हो । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, नीति तथा योजना आयोगका उपाध्यक्ष, संसदीय दलका नेताहरु, सांसदहरु, प्रदेश विकास परिषद्को सदस्यहरुको सहभागिता रहेको थिए ।

पालिका प्रेस
थप जानकारी