हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामुसुरेमा रहेको सिआन पुनरस्थापना केन्द्रलाई गृह मन्त्रालयको एक लाख पुरस्कार दिने भएको छ । देशैभरीमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले छनोट गरेका दुइ वटा पुनरस्थापना केन्द्र मध्य हेटौंडाको यस केन्द्र पनि पुरस्कारका लागि योग्य भएको हो ।

कार्यसम्पादनका आधारमा यस केन्द्रलाई पनि गृह मन्त्रालयले छनौट गरेर पुरस्कृत गर्न लागेको हो । एक लाख रासीको पुरस्कार यही जुन २६ तारिखमा अन्तराष्ट्रिय लागूऔषध विरुद्धको दिवसका दिन पुरस्कार हस्तान्तरण गरिने भएको हेटौंडाको सिआन पुनरस्थापना केन्द्रका सञ्चालक सौजन डिसिले जानकारी दिनुभयो ।

यस केन्द्रले एक सय पुर्णङकमा ८५ अंक प्राप्त भएको थियो । अहिले यस केन्द्रमा ४६ जना जना उपचाररत छन् ।

 

पालिका प्रेस
थप जानकारी