मकवानपुरको थाहा नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट ७ असारमा नगरसभामा पेश गर्ने भएको छ । २२ जेठमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको स्मृति दिवसकै अवसरमा सभामा नीति, कार्यक्रम र बजेट समेत पेश गर्ने निर्णय गरेको छ ।

रुपचन्द्र विष्टको दर्शनबाट नामाकरण भएको थाहा नगरपालिकामा विष्टको स्मृति दिवसको अवसरमा सार्वजनिक विदा समेत दिने कार्यपालिकाले निर्णय गरेको प्रवक्त हिरेन्द्र कुमार रायमाझीले जानकारी दिए । ७ असारमा हुने सार्वजनिक विदा थाहा नगरपालिकाको इतिहाँसमै पालिकाले दिने पहिलो विदा हो । उक्त दिन नगरपालिका मातहत रहेका कार्यालय, शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा हुनेछ ।

पालिका प्रेस
थप जानकारी