नेकपा माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ११ र १२ को वडा सम्मेलन भएको छ । २५ जेठमा माओवादी केन्द्रका मकवानपुर जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझीको प्रमुख आतिथ्यता तथा वडा नम्बर ११ का पार्टी अध्यक्ष दिनेश बलको अध्यक्षतामा सम्मेलन भएको हो ।

सम्मेलनले वडा नम्बर ११ मा साहिला गोलेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटिमा उपाध्यक्षमा काजीमान लो, सचिव सुर्यमान बल, कोषाध्यक्ष सुनमाया मोक्तान तितुङ र सहसचिव कमल बहादुर स्याङ्तान रहने गरि २५ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र थाहाका अध्यक्ष बिनोद लामाले जानकारी दिए ।

त्यसैगरी वडा नम्बर १२ मा वीर बहादुर स्याङ्तानको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा मंगल बहादुर घलान, सचिव जितमान गोले र कोषाध्यक्ष राजकुमार तामाङ रहने गरि १७ सदस्य रहेका छन् ।

भेलामा जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी, नगर अध्यक्ष बिनोद कुमार लामा, सचिव लक्ष्मण बिष्ट, कोषाध्यक्ष मंगल मोक्तान थाहा ११ का अध्यक्ष दिनेश बल लगाएतका अतिथिहरुले नव गठित कमिटिलाई शुभकामना दिएका थिए ।

पालिका प्रेस
थप जानकारी