मकवानपुर टिस्टुङस्थित ओम अध्याय रिट्रिट रिसोर्टले मकवानपुरको टिस्टुङस्थित समर सप्ताह गर्मी महामेला आयोजना गर्ने भएको छ। रिसोर्टले आगामी असार १ गतेदेखि ६ गतेसम्म महामेला सञ्चालन गर्ने भएको हो।

मकवानपुरको थाहा नगरपालिका ६ मा रहेको रिसोर्टले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत महामेला आयोजना गर्न लागेको रिसोर्ट सञ्चालक अर्जुनसिंह ठकुरीले बताए। ‘महामेलामा काठमाडौंदेखि टिस्टुङ निःशुल्क आवतजावत गर्न सक्ने व्यवस्था मिलाएका छौं। ओम अध्याय रिसोर्टमा निःशुल्क स्विमिङको पनि व्यवस्था गरेका छौं। गर्मीले उकुसमुकुस काठमडौंवासीलाई सितलता प्रदान गर्ने उद्देश्यले यो महामेला आयोजना गरेका हौं,’ उनले भने।

निःशुल्क बस बिहानको ८ बजे काठमाडौंबाट छुट्नेछ। बस छुटेको झन्डै डेढ घण्टामा टिस्टुङ पुगिन्छ। त्यसपछि दिनभर घुमफिर गर्न सकिने आयोजकले जनाएको छ।  साँझ पाँच बजे सोही बसमार्फत् काठमाडौंसम्म फर्कने व्यवस्था रिसोर्टले गरेको छ। गएको दिन रिसोर्टमै बस्छु भन्नेहरूलाई रिसोर्टले भोलिपल्ट निःशुल्क ल्याइदिने उनले बताए।

रिसोर्टमा उपलब्ध सबै प्याकेजहरूमा पनि ३० प्रतिशत छुट दिइने उनले ठकुरीको भनाइ छ। ‘महामेलाको उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने हो। हामीले यस्तो महामेला हरेक वर्ष गर्छौं,’ उनले भने।

महामेला सहभागी हुनेले ओम अध्यायको फेसबुक पेजबाट पनि जोडिन सक्ने उल्लेख गरिएको छ।

पालिका प्रेस
थप जानकारी