आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय शहरी विकास मन्त्रालयबाट विभिन्न शीर्षकमा मकवानपुरको थाहा नगरपालिकालाई ६ करोड ११ लाख रुपियाँ बजेट विनियोजन भएको छ । मन्त्रालयले विभिन्न ११ योजनाका लागि उक्त बजेट विनियोजन गरेको जनाइएको छ । बजेट विनियोजन भएका ११ मध्ये थाहा नगरपालिकाले नै कार्यान्वयन गर्ने योजनाको संख्या ४ रहेको छ भने बाँकी ७ वटा योजना संघीय सरकारका विभिन्न कार्यालयहरु मार्फत कार्यान्वयन हुनेछ ।

नगरपालिकाले कार्यानवयन गर्ने योजनाहरुमा १२ लाख विनियोजन भएको झोलुङ्गे पुल सम्बन्धी योजना, १ लाख बजेट विनियोजन भएको थाहा–३ को डाँडागाउँ गोरखनाथ सडक, २० लाख बजेट विनियोजन भएको थाहा थानाबजार पुलदेखी थानाबजार पालुङ फेदीगाउँ चिसापानी चल्ती सडक र १ लाख बजेट विनियोजन भएको थाहा–११ नौखण्डे नाकछेडा सडक स्तरोन्नती सम्बन्धी योजना रहेका छन् ।

स्रोतः सांसद महेश कुमार बर्तौलाको सचिवालय

मन्त्रालयले अन्य विभिन्न कार्यालयहरुबाट कार्यान्वयन हुने गरी झम्केश्वरी छात्रावास निर्माणका लागि १ करोड, थानाबजार पालुङ फेदीगाउँ चिसापानी चल्ती सडकका लागि १ करोड, थाहा नगरपालिका एकीकृत शहरी पूर्वाधार विकास कार्यका लागि २ करोड ८५ लाख, थाहा नगरपालिका शहरी पूर्वाधार निर्माण डिटेल इन्जिनियरिङ डिजाइन तयार गर्ने कार्यका लागि ४ लाख, थाहा नगरपालिका वडा नम्बर १ र ५ जोड्ने गहतेखोला पक्की पुलका लागि २० लाख, सिमभन्ज्याङमा पर्यटन सूचना केन्द्र तथा पार्क निर्माणका लागि ५८ लाख र थाहा ११ र १२ जोड्न जगडाँडा डाँडीघाट झोलुङ्गे पुलेका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यसैबीच संयुक्त बजेटका रुपमा टिष्टुङ र खैराङ स्वास्थ्य चौकी भवन १ करोड ५० लाख रुपियाँ विनियोजन भएको मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाको नीजि सचिवालयले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी