बालबालिकाहरुमा माइन्युट लेखन भाषण कला तथा असल संस्कार अभ्यास आवश्यक रहेको हेटौडा उपमहानगरपालिका वडा २ को सदस्य तथा बाल अधिकार सम्पर्क व्यक्ति सुरज बर्ताैलाले बताएका छन् । बालबालिकाहरुमा भाषण कलाको सिपले उनीहरुलाई विद्यालयस्तरमा हुने विभिन्न प्रतियोगिताहरुमा अब्बल बनाउने, बैठक व्यवस्थापन, माइन्युट लेखनको अभ्यासले क्लब तथा संस्था सञ्चालनको सिप सेमत विकास हुने विश्वास उनले व्यक्त गरे ।

वडा कार्यालयको आर्थिक सहयोग तथा साझ जगत मल्टीमिडियाको आयोजनामा बाल समूहका सदस्यहरुको लागि भाषण कला, माइन्युट लेखन तथा असल संस्कार सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै बर्ताैलाले यस्तो बताएका हुन् । उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागु भएको घोषणाको तयारीमा रहंदै गर्दा बालबालिका लक्षित कार्यक्रमहरुमा स्थानीय सरकारले चासो प्रकट गर्ने गरेको उनले बताए । उनीहरुलाई पारिवारीक तहमा असल संस्कारदेखि विद्यालय, बालसमूह तथा अन्यत्र सहभागिताको लागि पनि लक्षित सिपको विकासले नेतृत्वमा पुग्न सहज हुने बर्ताैलाले बताए । ‘अहिलेको समय भनेको हरेक सवालमा कडा प्रतिष्पर्धा छ, आफूमा सबै अब्बल हुनु आवश्यकमात्रै हैन अनिवार्य भएको छ,हामी चाहन्छौ हाम्रो वडाका बालबालिकाहरु अन्यत्रकाभन्दा अब्बल होउन्’–बर्ताैलाले भने ।

यसैगरी वडा सदस्य इन्द्रप्रसाद रिजालले बालबालिकाहरुलाई शिक्षासँगै असल संस्कारको ज्ञान अनिवार्य भएको बताए । अभिभावकसँग कसरी, कस्तो व्यवहार गर्ने, बालबालिकाहरुले आफ्नो कर्तव्य कसरी पुरा गर्ने भन्ने सवाल पनि आवश्यक महसुस गरेर यस्तो कार्यक्रममा राखिएको उनले बताए । हेटौडा उपमहानगरपालिका वडा २ मा गठन भएका १९ वटा बाल समूहका ६१ जना सदस्यहरु सहभागी रहको कार्यक्रममा पत्रकारहरु आशिष दुलाल र सरिता दाहालले प्रशिक्षण दिएका थिए । कार्यक्रमपछी भाषण कलाको बारेमा आधारभूत सिप विकास भएको बालजागृति बोर्डिङ स्कुलकी छात्रा देविना सञ्जेलले बताइन् । बाल क्बलको सचिवहरुको लागि माइन्युट लेखन सिप नहुदा समस्या खेप्दै आएको र आगामी दिनमा लेखन कार्यमा धेरै सुधार आउने बनस्खण्डि बाल समूहकी गरिमा भट्टराइले बताइन् ।

पालिका प्रेस
थप जानकारी