थाहा नगरपालिका स्थित नेपाल रेडक्रस सोसाइटी दामनको आयोजनामा टिष्टुङमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा तीन सय एक जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । शिविर थाहा वडा नम्बर ११ र १२ को सहआयोजना तथा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नौखण्डेको टिस्टुङ स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजना गरिएको थियो ।

विपन्न र स्वास्थ्यको पहुँचबाट वञ्चित समुदायहरूलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको रेडक्रस दामनका सभापति मनश्याम बस्नेतले जानकारी दिए । थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले स्वास्थ्य शिविरबाट गरिब तथा आर्थिक रूपले विपन्न समुदायले आफ्नै घर दैलोमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु ठूलो उपलब्धि भएको उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका विष्टले नागरिकको स्वास्थ्यप्रति साँधै चिन्तित रहेको बताए ।

शिविरमा आएका बिरामीहरुको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका डाक्टरको टोलीले उपचार गरेका थिए।

पालिका प्रेस
थप जानकारी