मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नंम्बर १ मार्खुमा अस्थाई प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीको २८ चैतमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उद्घाटन गरेका हुन् ।
मकवानपुरको मार्खु जिल्लाकै पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा विशिष्ट अतिथी तथा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, प्रमुख सेनानी (सुपारिटार) गोबिन्दराज घिमिरे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका बामदेव गौतम, अनिल कार्की (शसस्त्र प्रहरी उपरीक्षक), गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की, कार्यवहाक वडा अध्यक्ष मनकृष्ण आले मगर, निवर्तमान वडा अध्यक्ष जमान सिं वाइबा लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रम गाउँपालिका योजना तथा प्रशासकीय अधिकृत दीपक चापागाई ले संचालन गरेका थिए ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्