मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा गोरख सम्वत् २८२० अर्थात नयाँ वर्षको अवसरमा विशेष पूजा तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । यसवर्ष गोरखनाथ सम्वत् यहि १८ मंसिर शुक्रबार परेको छ ।

नयाँ गोरखनाथ सम्वत्को अवसरमा हुने कार्यक्रम गोरखनाथ कल्याण केन्द्रले आयोजना गरेको हो । कार्यक्रममा उपस्थित हुनका लागि केन्द्रले सम्पूर्णलाई अनुरोध समेत गरेको छ ।