उज्यालो नोपल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ थाहा नगरपालिका आउने भएका छन् ।

पार्टीको नगर अधिवेशन उद्घाटनका लागि १९ मंसिरमा अध्यक्ष घिसिङ थाहानगर आउन लागेका कार्यक्रम संयोजक सानोबाबु मोक्तानले जानकारी दिए । संयोजक मोक्तानका अनुसार अध्यक्ष घिसिङको १९ मंसिरमा तीनवटा कार्य तालिका रेहेको छ, विहान ७ बजे ऋषेश्वर दर्शन गर्ने, १० बजे थाहा–३ स्थित विकास घर प्राङ्गणमा राखिएको स्वर्गीय रुपचन्द्र विष्टको शालिकमा माल्यार्पण गर्ने र ११ बजे अधिवेशन उद्घाटन गर्नेछन् ।

पालुुङ जेसिज सभाहलमा हुने नगर अधिवेशनको तयारी तिब्र पारिएको छ । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न कार्य जिम्मेवारीसहित काम भई रहेको उज्यालो नेपाल थाहाले जनाएको छ ।

थाहा नगरपालिकाको सबै १२ वटै वडा अधिवेशन सकिए पश्चात् नगर अधिवेशन हुने कार्ययोजना अनुसार १९ मंसिरमा नगर अधिवेशन हुन लागेको उज्यालो नेपाल थाहानगरले जनाएको छ । हाल उक्त पार्टीको थाहानगर संयोजक सीताराम गोपाली छन् ।

पालिका प्रेस
थप जानकारी