सरकारले चार जना सचिवको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई कृषि मन्त्रालयमा सरुवा गरेको छ । कृषिमा रहेका दीपककुमार खनाललाई भने वन मन्त्रालयमा लगिएको छ ।
यस्तै उर्जा सचिव गोपाल सिग्देललाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । त्यहाँ रहेका सुरेश आचार्यलाई भने उर्जा मन्त्रालयमा लगिएको छ ।
बैठकले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा गरेको छ भने केही सह सचिवको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्