रसुवाको भोटेकोशी बाढी तथा पहिरोमा परी बेपत्ता भएका मकवानपुरका ५० जना नागरिकको आधिकारिक विवरण प्रमाणिकरण गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।
जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको सभाध्यक्षतामा बसेको बैठकले मकवानपुरका ८ वटा स्थानीय विपद ब्यवस्थापन समितिबाट प्रमाणिकरण भई आएको बेपत्ता नागरिकको सूचीका आधारमा प्रमाणिकरण गरी पठाउने निर्णय गरेको हो । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणबाट प्रमाणिकरण भई मन्त्रीपरिषदबाट निर्णयगरी राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहले बेपत्ता नागरिकको मृत्यु दर्ता गर्ने बाटो खुल्नेछ ।
रसुवा भोटेकोशी बाढीमा मकवापुरको थाहा नगरपालिकाका २० जना, हटौंडा उपमहानगरका १४, मनहरीका ५, बकैया र मकवानपुरगढीका ३–३ जना, कैलाश र भीमफेदीका २–२ जना र ईन्द्रसरोवर गाउँपालिकाबाट १ जना गरी ५० जना नागरिक बेपत्ता भएका छन् ।















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्