महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा मकवानपुरका दुई साहित्यकार सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर र युगप्रकाश क्लब नवलपुरको संयुक्त आयोजनामा २२ कार्तिकमा आयोजित कार्यक्रममा साहित्यकार जनार्दन खनाल र राजाराम बर्तौलालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति सम्मान प्रदान गरिएको हो ।

साहित्य क्षेत्रमा लामो समयदेखि पु¥याउँदै आएको योगदानको कदर गर्दै हेटौँडा–५ निवासी खनाललाई २०८२ सालको र हेटौँडा–११ निवासी बर्तौलालाई २०८३ सालको सम्मान प्रदान गरिएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाले जानकारी दिए । दुवै स्रष्टालाई जनही १० हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका–११ की वडाध्यक्ष जुना दाहाल, युगप्रकाश क्लबका अध्यक्ष दीपक शिवाकोटी तथा साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलालगायतले सम्मानित स्रष्टालाई नगद तथा सम्मानपत्र प्रदान गरेका थिए ।

हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा साहित्यिक रचना वाचनसमेत गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी