पालुङ जेसीजले नेपाल जेसीजको वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा संजय गोपालीलाई उम्मेदवारी घोषणा गरेका छन् । पालुङ जेसीजले निर्वाचन अभियानलाई लक्षित गर्दै गोपालीको उम्मेदवारी सार्वजनिक गरेको हो । गोपालीलाई राष्ट्रिय उपाध्यक्ष पदका लागि समर्थन गर्न पालुङ जेसिजले अपिल गरेको छ।
गोपाली पालुङ जेसीजका अध्यक्ष वर्ष २०२६ हुन् । उनले जेसीज अभियानमार्फत नेतृत्व विकास, व्यक्तित्व विकास र सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत भएसँगै पालुङ जेसीजको प्रतिनिधित्व राष्ट्रिय नेतृत्व तहमा पुग्ने अपेक्षा गरिएको छ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्