योग खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न सफल व्यक्तित्वहरूको सहभागितामा मकवानपुरको बकैया गाउँपालिकाका सातवटा विद्यालयमा योग खेलको प्रदर्शन तथा योग आहार–विहारसम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बागमती प्रदेश प्रमुखको कार्यालयका प्रमुख सचिव कमल बहादुर राजवट, पतञ्जली योग जिल्ला अध्यक्ष गुरु रामकृष्ण थापा र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘मिस्टर योगी’का रूपमा परिचित रोशन बिष्टले योग खेलको प्रदर्शन गर्दै यसको महत्व, दैनिक जीवनमा योगको उपयोगिता तथा स्वस्थ जीवनशैलीका लागि अपनाउनुपर्ने आहार–विहारबारे जानकारी गराएका थिए।

विद्यालय तहबाटै योग अभ्यासको विकास गर्ने, विद्यार्थीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउने र योगप्रति सकारात्मक सोचको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूलाई योग अभ्यासका विभिन्न विधिबारे जानकारी दिइएको थियो। योग शिक्षक तुलसी गिरीको संयोजनमा सञ्चालित कार्यक्रमको व्यवस्थापन बकैया गाउँपालिकाका शिक्षा प्रमुख आईतराम तामाङले गरेका थिए। कार्यक्रममा सम्बन्धित वडाका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम बकैया गाउँपालिकाका वडा नम्बर ५ स्थित प्रभात माध्यमिक विद्यालय र गीतावर निम्न माध्यमिक विद्यालय, वडा नम्बर ६ स्थित क्रमप्राप्ति माध्यमिक विद्यालय, वडा नम्बर ७ स्थित माटोकोरी माध्यमिक विद्यालय र जनक माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित बुद्ध माध्यमिक विद्यालय तथा वडा नम्बर ४ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष लक्ष्मी जिम्बा, प्रभात माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विशाल कठायत र प्रधानाध्यापक धनबहादुर लामा, गीतावर निम्न माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दीपक देवकोटा र प्रधानाध्यापक हरिहर खनाल, वडा नम्बर ६ का अध्यक्ष फूलमान भोम्जन, क्रमप्राप्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन दाहाल, माटोकोरी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रामबहादुर गुरुङ र प्रधानाध्यापक शिवप्रसाद बोलखे, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम यादव, बुद्ध माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर लो र प्रधानाध्यापक प्रेम भोम्जन तथा महेन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मानबहादुर वाइबा र प्रधानाध्यापक खेम विकलगायतको सहभागिता तथा समन्वय रहेको थियो।

कार्यक्रमका संयोजक तुलसी गिरीले कार्यक्रम सफल बनाउन सहयोग र समन्वय गर्ने बकैया गाउँपालिकाका शिक्षा प्रमुख, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीप्रति आभार व्यक्त गरेका छन्।

पालिका प्रेस
थप जानकारी