मकवानपुर जिल्ला सहकारी संघको २३ औं वार्षिक साधारणसभा २४ असोजमा भएको छ । संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुर संयोजक ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सभाले संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत अनुमोदन गरेको थियो ।
आर्थिक बर्ष २०८२/०८३ मा दुई करोड ८८ लाख ९४ हजार १६९ रुपैयाँ कुल सम्पत्ति रहेको संघको शेयरपुँजी १९ लाख १६ हजार रुपैयाँ रहेको संघका व्यवस्थापक गोविन्द दहालले बताए । सभामा कोषाध्यक्ष विमलकुमार ढकालले गत आर्थिक बर्षको लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन सहित चालू आव २०८३/०८४को २२ करोड ५८ लाख ६६ हजार ३८४ रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
साधारणसभामा संघको सहकार्यमा भएको पशुआहार बिक्री प्रवद्र्धनमा प्रथम भएको चेतनशील दुग्ध उत्पादक सहकारी संस्था, हेटौंडा १७, द्वितीय चन्द्रसुर्य दुग्ध उत्पादक सहकारी संस्था, मकवानपुरगढी ५, तृतीय भएको रत्नदेवी दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा १८ लाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । यसैगरी चौंथो भएको वनदेवी दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा ७, पाँचौं कालीलेवी दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी ४, छैंठौं श्रमिक दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी २, सातौं महाकाली दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी २, आठौं गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी ४, नवौं जनजागृतिनगर दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा ८ र दशौं नारायणी दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा ६ लाई नगद ३ हजार सहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

साधारण सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य बद्रीप्रसाद लम्साल, केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रेती, केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक विदुर हुमागाई, जिल्ला बचत तथा ऋण सहकारी संका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, लेखापरीक्षक प्रकाश ढकाल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख समीर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । संघमा मकवानपुर जिल्लाका १ सय ८७ वटा सहकारी संघ सस्थाहरु सदस्य रहेका छन् ।
















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्