सिआन पुनस्र्थापना केन्द्रद्वारा क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिकासँग समन्वय बैठक सम्पन्न गरिएको छ ।
बैठकमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका कार्यक्रम, सामाजिक क्षेत्रमा हासिल गरिएका उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो।
लागुऔषध प्रयोगका कारण उत्पन्न हुने स्वास्थ्य तथा सामाजिक समस्याको न्यूनीकरण, जोखिममा रहेका समुदायको संरक्षण र लागुऔषध प्रयोगकर्ताको स्वास्थ्य एवं सामाजिक पुनस्र्थापनाका लागि स्थानीय सरकार र सरोकारवाला निकायबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा बैठकले महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्