मकवानपुर थाहा नगरपालिकाको पालुङ शहरको दशै घरमा विधिपूर्वक जमरा राखिएको छ । ऐतिहासिक पालुङ शहरको दशै घर वि.सं. २०७२ सालको भूकम्पले भत्किएपछि पुर्ननिर्माण हुँदै गरेको दशै घरमा जमरा राखिएको हो । २५ असोजमा परेको घटस्थापनाको शुभ साइतमा थाहा नगरपालिका वडा नम्बर २ को निर्माणाधिन दशैघरमा स्थानीयहरु जम्मा भएर जमरा राखेका हुन् ।
वि.सं. २०७२ सालको भुकम्पले भत्किएको उक्त दशै घरको जीर्णद्वार भइरहेको छ । दशै घर भत्किएपछि जमरा राख्नै नसक्ने अवस्था भएपछि दुई वर्ष वडा कार्यालयमै जमरा राखिएको भएपनि यसवर्ष निर्माणाधिन दशै घरमा जमरा राखिएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समिति पालुङका अध्यक्ष श्यमभक्त श्रेष्ठले जानकारी दिए । दशै पुरातत्व विभागबाट प्राप्त सहयोगले दशै घरको छानो सम्म छाएको भएपनि झ्याल ढोकाको काम बाँकी रहेको स्थानीय निरोज प्रधानले बताए ।

पालुङमा राज्यको संरचना हुँदा सो दशै घरमा जमरा राख्ने, फुलपाती भित्र्याउने लगायतको कार्य गर्ने प्रचलन रहेको थियो । पालुङको दशै घरमा अहिले पनि फुलपाती भित्र्याउनका लागि स्थानीय सरकार प्रमुखहरु पुग्ने परम्परा अझै छ भने दशैको टिको दिन सरकार प्रमुखले अन्य स्थानीयहरुलाई टिका र जमरा लगाउने चलन समेत विद्यमान छ ।
यसपालि पनि दशै घर परिसरमा १ कार्तिकमा फुलपाती भित्र्याउने कार्यक्रम छ ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्