थाहा नगरपालिका वडा नम्बर ९ मा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालय चित्लाङको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध निर्वाचित भएका छन् । १९ कार्तिकमा सम्पन्न विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाबाट रेग्मीको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन भएको हो।
नवनिर्वाचित समितिका अन्य सदस्यहरूमा राजकुमार बलामी, विष्णु प्रसाद दाहाल, रञ्जिता दिमदुङ, राजन बलामी, अञ्जित चुमी, लक्ष्मी बलामी र गीता रिमाल निर्वाचित द्धएका छन् । नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास, शैक्षिक वातावरण सुधार तथा विद्यालयको समग्र उन्नतिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
विद्यालयको शैक्षिक विकास र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित नयाँ समितिले सामूहिक नेतृत्व, अनुभव र सहकार्यका माध्यमबाट प्रभावकारी काम गर्ने नवनिर्वाचित पदाअधिकारीले जनाएका छन् ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्