मकवानपुरको कैलाश गाउँपालिकाले बाढीमा परी आमाको मृत्यु भएपछि शोकमा रहेका गोपीराम चेपाङलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले वडा नम्बर–७ निवासी चेपाङलाई राहतस्वरूप दुई लाख रुपैयाँ उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानसहित पालिकाका पदाधिकारीहरूको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
भदौ १८ गते राक्सिराङ गाउँपालिका–५ मा मनहरी खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा गोपीरामकी आमा कान्छीमाया प्रजाको मृत्यु भएको थियो । मनहरी खोलाले बगाएकी कान्छीमाया मृत अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिए । विपद्का समयमा गाउँपालिकाका नागरिकलाई सहयोग गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै पीडित परिवारलाई केही राहत उपलब्ध गराउने उद्देश्यले आर्थिक सहयोग गरिएको अध्यक्ष मुक्तानले बताए ।
उनका अनुसार गोपीरामको आर्थिक अवस्था निकै कमजोर रहेकाले नेपाल सरकारको मापदण्डअनुसार प्राप्त भएको राहत रकमबाट सहयोग गरिएको हो । कैलाश गाउँपालिकामा तामाङ समुदायपछि चेपाङ समुदायको उल्लेख्य बसोबास रहेको छ ।
















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्