मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी प्रथम पूर्ण क्षमतामा सञ्चालनमा ल्याईको छ । कुलेखानी प्रथमका अनुसार–‘वर्षाका कारण संकलन भएको पानीलाई प्रयोगमा ल्याई पूर्ण क्षमता अर्थात ६० मेगावाट विद्युत उत्पादन भइरहेको छ ।’ कुलेखानी जलाधार क्षेत्रमा निरन्तर वर्षाभएसँगै संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागि पानी संकलन नगरी विद्युत उत्पादन गरिरहेकोे नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

कुलेखानी जलासयमा संकलन गरिने दूई स्थानको पानी पनि संकलन नगरी ‘बाइपास’ गरिएको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका राजु पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार–‘फाखेल स्थित महालक्ष्मी खोलाको सुकौरा टनेल र सीमखोला स्थित ठाडो टनेलको पानी बाइपास गरिएको छ ।’ दुई स्थानको पानी बाइपास गरेसँगै थाहा नगरपालिका क्षेत्रको पानी विद्युत उत्पादनमै लागिरहेकोलेले तत्काल ड्याम भरिने अवस्था छैन–उनले भने ।

विद्युत प्राधिकरण पालुङका पोखरेल निरन्तर वर्षा मापन तथा ड्यामको पानी संकलन र खपतको तथ्याङ्क संकलन र रिपोटिङमै छन् ।

कुलेखानी ड्यामको जल सतह ८ असोज बेलुकी ८ः५४ मा १५२२.१९ मीटर, १०ः०६ मा १५२२.२० मीटर, ११ः०० बजे १५२२.१९ मीटर अभिलेख गरिएको छ भने अहिलेको जलसतह १५२२.३७ मात्र रहेको छ । यद्यपि कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ ।

कुलेखानी जलविद्युत् आयोजनाले जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्छ भनेर साइरन बजाउने व्यवस्था गरेको छ । कुलेखानी जलाशयको तल्लो तटीय भाग सिस्नेरीलगायतका क्षेत्रमा साइरन जडान गरिएको छ । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार कुलेखानी जलाशयको बाँधमा पानीको सतह १ हजार ५ सय २७ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था गरिएको छ ।

पालिका प्रेस
थप जानकारी