सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवा समूहका ४४ जना कर्मचारीको सरुवा गरेको छ ।

बुधबार बसेको प्रमुख सचिव स्तरीय बैठकको निर्णय अनुसार इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवा समूहका गरेर ४४ जना कर्मचारीको सरुवा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार इन्जिनियरिङ सेवा तर्फ ९/१० तहका चार जना, वन सेवातर्फ ९/१० तहका चार जना, स्वास्थ्य सेवातर्फ ९/१० तहका एक जनाको काज फिर्ता र प्रशासन सेवा, सामान्य प्रशासन समूह अधिकृतस्तर ७ र ८ तहका ७ जना कर्मचारीको सरुवा गरिएको छ ।

यस्तै, प्रशासन सेवा/सामान्य प्रशासन समूह तह ५ र ६ तर्फका २४ जना, चौँथो र पाचौँ तहका चार जना कर्मचारीको पनि सरुवा भएको छ ।

सूची :

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी