थाहा नगरपालिकाको घट्टे चौरमा सालको चिरान काठको डिपो संचालनमा आएको छ । थाहा नगरपालिका र आसपासको पालिकाको सेवा दिने उद्देश्यले थाहा नगरपालिकाको समन्वयमा राप्ती डिभिजन वन कार्यालय मनहरीले काठ डिपो संचालनमा ल्याएको हो ।

घट्टेचौरको तरकारी संकलन केन्द्रको भवनमा चिरान काठ बिक्री केन्द्र संचालन भएको छ । केन्द्रमा ५ सय क्युफिट ६ सय ७६ थान चिरान काठ बिक्रीको लागि ल्याइएको सव डिभिजन वन कार्यालय पालुङका प्रमुख कृष्ण शर्माले जानकारी दिए । काठ खरिदको लागि घर मर्मत तथा संभार गर्नुपर्ने भएमा सम्बन्धित वडा तथा नगरपालिकाको सिफारिसको आधारमा एक घर २० क्युफिट काठ बिक्री गरिने शर्माले बताए । ढलानसहितको पक्की घर निर्माणकार्यको लागि काठ आवश्यक परे घरको नक्सापास सहित सव डिभिजन कार्यालय पालुङको कार्यालय थाहा १ झम्केश्वरी तथा थाहा नगरपालिकामा निवेदन दिन सकिने उनले बताउ । पक्की घरको लागि ५० क्युफिट काठ उपलब्ध हुनेछ ।

सालको चिरान काठ थाहानगरबाटै उपलब्ध गराउन थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले निरन्तर राप्ती डिभिजन लाई आग्रह गरेपछि डिभिजन प्रमुख बिष्णु प्रसाद आचार्यको पहलमा नगरबाट नै काठ उपलब्ध गराउन शुरु भएको हो ।

पालिका प्रेस
थप जानकारी