कोसी प्रदेश लोक सेवा आयोगले धरान उपमहानगरपालिकाका कर्मचारीहरूको बढुवा रद्द गरेको छ। नियमविपरीत नगरपालिकाले स्तरवृद्धि  गरेको भन्दै ३९ कर्मचारीको बढुवा रद्द गरिएको हो ।

कर्मचारीको स्तरवृद्धि नियमसम्मत नभएकाले रद्द गरेको आयोगले जनाएको छ। २०७७ फागुन २१ गतेको नगरसभाबाट स्तरवृद्धि भएका कर्मचारीहरूले सोही अनुसार तलब-भत्ता खाँदै आएका थिए।

कोसी प्रदेश लोकसेवा आयोग विराटनगरका अनुसार नगर सभाको निर्णयबाट गरेको स्तरवृद्धि नीतिसम्मत नदेखिएकाले रद्द गर्न पत्राचार गरिएको छ ।

पालिका प्रेस
थप जानकारी