मकवानपुर थाहानगरमा ४४ औं शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिले विविध कार्यक्रमसहित मनाएको छ । दिवसको अवसरमा भएको रत्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको शिक्षक आयोजक संगठन थाहानगरका अध्यक्ष रुपचन्द्र गोपालीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्त सञ्चार सेवा काठमाडौंको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको अवसरमा संगठनको चौथो नगर परिषद तथा शिक्षक हित बचत तथा ऋण सहकारीको सहकारी शिक्षा कार्यक्रम समेत भएको छ । परिषदमा कोषाध्यक्ष सचिन बलले पेश गरेको आर्थिक प्रतिवेदन तथा सचिव कृष्ण प्रसाद लामिछानेले पशे गरेको संस्थागत गतिविधि सम्बन्धि प्रतिवेदन सर्वसमम्त पारित भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, विशेष आतिथ्यता रहेको थियो भने बज्रबाराही रेडक्रसका सभापति सानुकाजी गोपाली, जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद पौडेल, शिक्षक हित सहकारीका उपाध्यक्ष शिव प्रसाद लामिछाने, पेसागत महासंघ सदस्य रामकुमार बर्तौला, संगठनको मकवानपुरगढी गाउँपालिका सदस्य राजेश अधिकारी, सुनौला माविका स्काउट शिक्षक देवेन्द्र गोपालीलगायतका उपस्थिति रहेको थियो।
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा आभार समेत व्यक्त गरेको छ ।

पालिका प्रेस
थप जानकारी