नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीको अध्यक्षमा सुमित्रा केसी पुनः निर्विरोध निर्वाचित भएकी छिन् । सोमबार सम्पन्न नगर सम्मेलनले केसीको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा रामप्यारी नापित, सचिव सावित्री ढकाल, कोषाध्यक्ष सीता ढकाल र सहसचिव लक्ष्मी विक निर्विरोध भए ।

कमिटीको सदस्यहरुमा दुर्गा विडारी, मेनुका प्रधान, डोलकुमारी ढकाल, शोभा लामा, सस्मिता बल, गोमा कार्की, गंगा घले, बिन्दा केसी, सावित्री केसी, शारदा कार्की, सृजना रोका, सानुमैया विक, निर्मला बस्नेत, मनमोहन कुमारी लामिछाने, गोमा श्रेष्ठ, रिया पाख्रीन, सुकुमाया स्याङ्तान, निशा दोङ निर्वोरोध भएका हुन् ।

केसीको सभाध्यक्षतामा भएको सम्मेलनमा अनेमसंघ मकवानपुर जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेले शपथ ग्रहण गराएका थिए । कार्यक्रममा एमाले जिल्ला सदस्य तथा थाहानगर सह–ईञ्चार्ज सुरेन्द्रमान प्रधान, प्रदेश पर्यटन कमिटी सदस्य विमल कुमार ढकाल, बलराम थापा, रामराजा केसी, अनेमसंघ जिल्ला उपाध्यक्ष चमेली बललगायतले शुभकामना व्यक्त गरेका थिए ।

पालिका प्रेस
थप जानकारी