नेपाल लेखापढी कानुन व्यावसायी एशोसियसन शिखरकोट इकाई समितिको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन भएको छ । “पेशागत दक्षता अभिबृद्धी र व्यावसायिक मर्यादाका लागि अग्रसर बनौ“ अर्धन्यायिक निकायमा रहेका विकृती र विसंगती बिरुद्द संघर्ष गरौ“ भन्ने मुल नाराकासाथ इकाईको अधिवेशन भएको हो।

अधिवेशनले जियो तामाङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत प्रकाश थोकरले जानकारी दिए । समितिको उपाध्यक्षमा कृष्ण बलामी, सचिव उपेन्द्र केसी,कोषाध्यक्ष सर्मिला जिम्बा, सहसचिव झरना गोपाली, सदस्य भिम बहादुर स्याङ्तान र विश्वास केसी निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी एसोसियसनका केन्द्रिय सचिब आत्मराम मोक्तानले आफूहरु नागरिकलाई सहज र छिटो सेवा दिलाउनका लागि लागिरहेको भन्दै नकरात्मक भावनाले नहेर्न आग्रह गरे । सामाजिक कार्यमा पनि अग्रसर रहेर कार्य गरिरहेको बताउँदै उनले लेखापढी व्यवसायीको हितका लागि अक्षय कोषको स्थापना र पेन्सन योजना पनि अघि सारेको प्रमुख अतिथी मोक्तानले जानकारी गराएका थिए । मोक्तानले नयाँ नयाँ प्रविधि आउँदा विस्थापित होईन् स्थापित कसरी हुन सकिन्छ भनेर व्यवसायीले सोच्नुपर्नेमा जोड दिए ।

नेपाल लेखापढी कानुन व्यावसायी एसोसिएसनका केन्द्रिय सचिव आत्मराम मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा एसोसिएसनका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिव खिल प्रसाद गौतम तथा प्रदेश सदस्य महालक्ष्मी श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो भने एसोसिएसन जिल्ला समन्वय समिती अध्यक्ष पुर्ण प्रसाद अर्याल, एसोसिएसन अदालत इकाई अध्यक्ष तेजकुमारी थापा, एसोसिएसनका हेटौंडा इकाई उपाध्यक्ष तेज राज पाण्डे, अदालत इकाइ का पुर्व अध्यक्ष राधा पाठक,मालपोत कार्यालय शिखरकोटका प्रतिनिधि रामचन्द्र लामा,जिल्ला समन्वय समिती कोषाध्यक्ष सन्तोषी बर्तौला, सहसचिव सत्रुधन बैठा, अदालत इकाईका कोषाध्यक्ष अमृता बर्तौला तथा निर्वाचन अधिकृत प्रकाश थोकर लगायत शिखरकोट इकाई समितिका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

शिखरकोट इकाई अध्यक्ष रामप्रसाद गोपालीको सभाध्यक्षतामा अधिवेशन भएको थियो ।

पालिका प्रेस
थप जानकारी